Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

सास–नेपालको बृहत् छैठौं राष्ट्रिय सम्मेलन चैत्र २१ गते


सास–नेपालको बृहत् छैठौं राष्ट्रिय सम्मेलन चैत्र २१ गते

काठमाडौं । नेपाली कृषि वैज्ञानिकहरुको संस्था सोसाइटी अफ एग्रिकल्चरल साइन्टिस्ट (सास–नेपाल)को राष्ट्रिय सम्मेलन हुने भएको छ । सास–नेपालको बृहत् छैठौं राष्ट्रिय सम्मेलन तथा आठौं साधारण सभा यही चैत्र २१ गते ललितपुरमा हुने भएको हो ।

सम्मेलनमा सास नेपालका आजीवन सदस्यहरु, साधारण सदस्यहरु, मानार्थ सदस्यहरु तथा कृषि अनुसन्धानमा संलग्न करिब ५०० जना व्यक्तित्वहरुको उपस्थिति रहने छन् ।

‘कृषिमा रूपान्तरणका लागि अनुसन्धान प्रणाली’ भन्ने नाराका साथ सञ्चालन हुने सम्मेलन राष्ट्रिय प्रकृति संरक्षण कोष खुमलटार, ललितपुरको सभाहलमा हुने जनाइएको छ । सम्मेलनले नेपालको कृषि अनुसन्धान प्रणालीलाई सबल र सुदृढ बनाई मुलुकको आर्थिक विकासको लक्ष्यमा योगदान पुर्‍याउन नीतिगत हिसाबले विशेष मार्गचित्र तयार गर्ने अपेक्षा गरिएको छ ।

सन् १९९५ मा स्थापित भएको यस संस्थाले कृषि अनुसन्धानको नीतिगत क्षेत्रमा सरकारलाई सल्लाह सुझाव दिने, कृषि वैज्ञानिकहरुको अनुसन्धानका उपलब्धिलाई जर्नलमार्फत प्रकाशन गर्ने, अन्तराष्ट्रिय तथा राष्ट्रिय स्तरका सभा सम्मेलन गर्ने, वैज्ञानिकहरुलाई पुरस्कृत गर्ने र तालिम प्रदान गर्ने, कृषि वैज्ञानिकहरुका अनुभवलाई प्रस्तुतीकरण मार्फत सम्प्रेषण गर्ने, वैज्ञानिकहरुका हकहितका सवालमा बहस, छलफल गर्ने लगयतका कार्यहरु गर्दै आएको छ । त्यस्तै, सम्मेलनले वैज्ञानिकहरुको नयाँ नेतृत्व चयन गर्नुका साथै कृषि वैज्ञानिकहरुको हकहितको लागि आवश्यक नीति तथा योजना तर्जुमा गर्ने जनाइएको
छ ।