काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा विपक्षी दलहरूको संयुक्त बैठक बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरस्थित देउवाको कार्यकक्षमा बस्ने छ ।आज संघीय संसदमा बजेट भाषण हुनुअघि विपक्षी दलहरुको संयुक्त रणनीति तय गर्न देउवाले विपक्षी दलहरूको बैठक बोलाएका हुन् ।
देउवाले विपक्षी दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठक बोलाएको देउवा सचिवालयले जनाएको छ । विपक्षी दलको बैठकअघि कांग्रेस संसदीय दलको बैठक पनि बस्नेछ ।