Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नती गर्न ३ सय दिनको समयसीमा: प्रधानमन्त्री ओलीको पहिलो निर्णय


कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नती गर्न ३ सय दिनको समयसीमा: प्रधानमन्त्री ओलीको पहिलो निर्णय

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर स्थीत क्रिकेट रंगशालाको स्तरोन्निति गरेर सुविधा सम्पन्न गराउने निर्णय गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्दै प्रधानमन्त्री ओलीले पहिलो निर्णय कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नती गर्न ३ सय दिनको समयसीमा निर्धारणगरि निर्णयमा हस्ताक्षर गरेका हुन् ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथग्रहण गरेपछि प्रधानमन्त्री कार्यालय पुगेका उनले ३ सय दिनभित्र उक्त रंगशालामा दर्शक बस्न मिल्ने प्याराफिट, रात्रीकालीन खेलका लागि फ्लडलाईट जडान गर्ने लगायत आवश्यक संचरना बनाउने निर्णय गरेका छन् । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको उक्त रंगशाला क्रिकेट एसोशिसएन अफ नेपाल क्यानले सम्झौता गरेर सञ्चालन गर्दै आएको छ ।