Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

गोसाइँकुण्डमा मोबाइल सेवाबाट एक साथ ५० जनाले कुरा गर्न सक्ने


गोसाइँकुण्डमा मोबाइल सेवाबाट एक साथ ५० जनाले कुरा गर्न सक्ने

काठमाडौं, भदौ । १३ रसुवाको गोसाइँकुण्डमा मोबाइल सेवा प्रयोगमा ल्याएको छ। गोसाइँकुण्डमा पुग्ने भक्तजन र पर्यटकका लागि केन्द्रित गरी नेपाल टेलिकमले भिस्याट प्रविधिबाट मोबाइल सेवा सञ्चालनमा ल्याएको हो। नेपाल टेलिकम रसुवा शाखाका निमित्त प्रमुख एविन खत्रीका अनुसार नेपाल टेलिकम स्याटलाइट विभागद्वारा प्राप्त टु जी प्रविधिको उपकरण जडान गरी गोसाइँकुण्डमा मोबाइल सञ्चालनमा ल्याएको हो।

समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा उपकरण पुर्‍याउन टेलिकमलाई असहज भइराखेको अवस्थामा गोसाइँकुण्ड मेलालाई केन्द्रित गरी प्रतिनिधि सभा सदस्य इञ्जिनियर मोहन आचार्यको सहयोगमा एक टनभन्दा बढी परिमाणका उपकरण ढुवानी गरिएको हो।

अबका दिनमा तीर्थ जाँदा बिरामी परे हेलिकप्टर वा अन्य स्थानबाट मानवीय सहयोग माग्न सहज भएको छ।गोसाइँकुण्डमा उपलब्ध मोबाइल सेवाबाट एक साथ ५० जनाले कुरा गर्न सक्ने बताएको छ।