Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बीमा कम्पनीलाई इमान्दारी भएर काम गर्न चेतावनी


बीमा कम्पनीलाई इमान्दारी भएर काम गर्न चेतावनी

काठमाडौं, असोज ५ । नेपाल बीमा प्राधिकरणका अध्यक्षले बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरूलाई आफ्नो कर्तव्य तथा जिम्मेवारी इमान्दारीसाथ बहन गरी जवाफदेही भएर काम गर्न चेतावनी दिएका छन । नेपाल बीमा प्राधिकरणबाट यही २०८० साल असोज ४ गते बिहिबार बीरगञ्जमा आयोजित बीमा कम्पनीका प्रदेश र शाखा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले प्रत्यायोजित अधिकार प्रभावकारी किसिमले पूर्णरूपमा कार्यान्वयन गर्न चेतावनी दिएका हुन् ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशकले उधारो बीमा निर्जीवन बीमामा मात्र नभई जीवन बीमामा समेत पाइएको उल्लेख गर्दै उधारो बीमा नगर्न र बीमितिको विश्वास जित्नेगरी काम गर्न बीमा कम्पनीका प्रदेश तथा शाखा प्रमुखहरूलाई चेतावनी दिए।

कार्यक्रममा बीमा कम्पनीका प्रदेश र शाखा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले बीमा अभिकर्ता एक बीमकबाट अर्कोमा जानपाउने प्रावधानबाट असहजता भोग्नुपरेको, सम्पत्ति बीमामा उच्च र न्यून जोखिम दुबैलाई एकै किसिमको बीमादर रहेको गुनासो रहेको, जीवन बीमा लेखबाट बीमा कर्जा लिन कठिन भएको, लघुबीमामा टिकट दस्तूर बढी भएको, लघूबीमामा नयाँ बीमालेखको अभाव देखिएको लगायतका धारणा राखेका थिए ।

कार्यक्रममा उठेका प्रश्नहरूको जवाफमा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा अभिकर्ताको प्रणाली निर्माणको क्रममा रहेको जानकारी दिँदै प्राधिकरणबाट जारी निर्देशिका बमोजिम काम गर्न चेतावनी दिएका छन् ।