काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसकालागि अहिले बोर्डको बैठक बोलाएको छ। मौद्रिक नीति पारित गर्ने मुख्य एजेण्डा राखेर राष्ट्र बैंकले बोर्ड बैठक बोलाएको बताइएको छ । राष्ट्र बैंकको उच्च व्यवस्थापन तहले गत साता नै मौद्रिक नीति पारित गर्ने तयारी गरेको भएपनि केहि ढिला भएको थियो । मौद्रिक नीति सार्वजनिक भए अर्थतन्त्र केहि चलायमान हुने देखिएको छ ।
नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै