Sunday, May 19, 2024

२०८१ जेष्ठ ६, आईतवार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन


बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन

बारा, बारामा यसवर्ष दस हजार मेट्रिकटन दलहन उत्पादन भएका छ । कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले यसवर्ष किसानले विभिन्न प्रकारका दलहन खेतीगरी रु १० अर्ब बराबरको कूल १० हजार ३ सय ५ मेट्रिकटन दलहन उत्पादन गरेका जानकारी दिए।

उत्पादित दलहनको प्रतिक्विन्टल रु १० हजारको दरले बिक्रिवितरण भइरहेको र यसवर्ष यहाँका किसानले रु १० अर्ब ३० करोड ५० लाखभन्दा बढी आम्दानी गरेका बताए । जिल्लमा मसुरो, रहर कुल ११ हजार ४ सय ५० हक्टरक्षेत्रफलमा खेती गरिएकामा १० हजार ३ सय ५ मेट्रिकटन उत्पादन भएको कृषिप्रचार अधिकृत रामजीवन ठाकुरले जानकारी दिए।

गतवर्ष भने ११ हजार ६ सय ५० हेक्टर क्षेत्रफलमा खेती गरिएकामा ११ हजार ६९ मेट्रिकटन दलहन उत्पादन भएको ज्ञानकेन्द्रले जनाएको छ ।