Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर बजार परिसूचक नेप्से १९९० अंक घट्यो


सेयर बजार परिसूचक नेप्से १९९० अंक घट्यो

काठमाडौं, भदौ १३ । सेयर बजार परिसूचक नेप्से १९९० अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से २.८ अंक घटेको हो । कुल १ अर्ब १३ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । हिजो ८६ करोड ५१ लाख रुपैयाँको मात्रै कारोबार भएको थियो । कुल ७९ कम्पनीको मूल्य बढ्दा १३१ को घटेको छ भने १९ को स्थिर रहृयो ।

जसमध्ये बैंकिङ ०.८, विकास बैंक १.८८, फाइनान्स ४, जलविद्युत् ५, जीवन बीमा ९, उत्पादन ३६, माइक्रोफाइनान्स १५, निर्जीवन बीमा ३ र अन्य उपसमूह ६ अंक घटे । ब्यापार ३७ र होटल उपसमूह ७२ अंक बढे । सिटी होटलको मूल्य सबैभन्दा धेरै ९.८ प्रतिशत बढ्यो भने मिथिला लघुवित्तको मूल्य ६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा माछापुच्छ्रे बैंक, आईएमई लाइफ, लक्ष्मी सनराइज बैंक, नबिल बैंक र नेपाल टेलिकम क्रमशः अगाडि रहेका छन् ।