काठमाडौं । बुधबार सुनको भाउ स्थिर रहँदा चाँदी भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँ रहेको सुन आज सोही मूल्यमै कारोबार भएको छ । यसअघि आइतबार सुनको भाउ हालसम्मकै उच्च १ लाख ४५ हजार ४ सय रुपैयाँ पुगेको थियो । चाँदीको भाउ भने तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८८५ रुपैयाँ रहेको चाँदी यस दिन १८७० कायम भएको महासंघले जनाएको छ ।
सुनको भाउ स्थिर रहँदा चाँदी घट्यो