Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पेट्रोलमा ४ र डिजेल—मट्टितेलमा ५—५ रुपैयाँ प्रतिलिटर घट्यो


पेट्रोलमा ४ र डिजेल—मट्टितेलमा ५—५ रुपैयाँ प्रतिलिटर घट्यो

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो । निगमले निकालेको विज्ञप्ति अनुसार पेट्रोलमा प्रतिलिटर ४ र डिजेल—मट्टितेलमा ५—५ रुपैयाँले मूल्य घटेको छ ।

नयाँ खरिद मूल्य प्राप्त भएपछि निगमको सञ्चालक परिषद् बैठकले भाउ घटाउने निर्णय गरेको हो । निगमको डिपो कार्यालयबाट १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य कायम गरिएको पनि निगमले जनाएको छ । निगमले विभिन्न जिल्लालाई तीन वर्गमा विभाजन गरी त्यसै अनुसार मूल्य निर्धारण गरेको छ ।