Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पोखराको प्राइम बहुउद्देश्यीय सहकारी घोटला प्रकरणमा थप एक जना पक्राउ


पोखराको प्राइम बहुउद्देश्यीय सहकारी घोटला प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं । पोखराको प्राइम बहुउद्देश्यीय सहकारी घोटला प्रकरणमा थप एक जना पक्राउ परेका छन् । सहकारीको रकम हिनामिना गरेको अभियोगमै प्रहरीले सोमबार उत्तम मगरलाई पक्राउ गरेको हो । प्राइम सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु केसीको मुख्य योजनामा रकम हिनामिना गरको आरोपमा प्रहरीले सोमबार बिहान मगरलाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । प्राइम सहकारीबाट एक अर्ब ५४ करोडभन्दा बढी हिनामिना भएकोमा मगरको पनि संलग्नताका देखिएको प्रतिवेदन र अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । 

सहकारी रजिस्टायको कार्यालय गण्डकीले गराएको वित्तीय विश्लेषण र रायसहितको प्रतिवेदनकै आधारमा प्रहरीले गत मंगलबार पीडित बचतकर्ता तथा सेयर सदस्यलाई उजुरी गर्न आह्वान गरेको थियो । प्रमुख कार्यकारी अधिकृत , व्यवस्थापक , सञ्चालक समितिका अध्यक्ष शंकर कार्कीलगायत ८ जनालाई प्रक्राउ परिसकेका छन् । उत्तम मगरसहित पक्राउ पर्नेको संख्या ९ पुगेको छ ।