Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दर्शन सहकारीद्धारा ब्याजदरमा ब्यापक हेरफेर, दोस्रो चरणको बचतफिर्ता यसै साताबाट


दर्शन सहकारीद्धारा ब्याजदरमा ब्यापक हेरफेर, दोस्रो चरणको बचतफिर्ता यसै साताबाट

काठमाडौं । आर्थिक तरलताकाबीच संस्थालाई चलायमान बनाइरहेको कीर्तिपुर स्थीत दर्शन बचत तथा ऋण सहकारी संस्थाले नयाँ आर्थिक वर्षबाट लागुहुनेगरि ब्याजदरमा हेरफेर गरेको छ । देशको अर्थतन्त्रमा देखिएको तरलता र यसबाट सिंगो वित्तीय क्षेत्रनै प्रभावमा परेको अवस्थामा सहकारी संस्थाहरु थप धरासयी बन्दै गएका छन् ।


यस्तो विषम परिस्थतिबाट सहकारी संस्थालाई थप चलायमान बनाउन संस्थाले ब्याजदरमा हेरफेर गरेको संस्थाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । सहकारी सञ्चालक समितिको गत असार २९ गते बसेको बैठकको निर्णय अनुसार साउन १ गतेबाट लागुहुने गरि ब्याजदरमा ब्यापक हेरफेर भएको संस्थाका सचिव यशोदा राईले बताइन । संस्थाले साधारण बचत, बाल बचत, महिला बचत, जेष्ठ नागरिक सम्मान खाता, बिशेष साधारण बचत, मासिक बचत, खुत्रुके बचतमा १ प्रतिशत हेरफेर गरेको   छ । त्यस्तै, आवधिक बचत १ बर्ष, २ बर्ष र ३ बर्षकालागि क्रमशः ३ प्रतिशत हेरफेर गरेको छ । त्यस्तै ४ बर्ष र ५ बर्षकालागि ३ दशमलव ५ हेरफेर गरेको छ ।


त्यस्तै, ऋण तर्फ आवधिक रसिद धितो कर्जामा २ प्रतिशत, व्यवसाय कर्जा, लघु वित्त कर्जा, सामुहिक जमानी कर्जा, व्यक्तिगत कर्जामा ९ प्रतिशत हेरफेर गरेको छ । कृषि कर्जा ६ प्रतिशत, हायर पर्चेज कर्जा ९ प्रतिशत, आवास कर्जा ९ प्रतिशत, अल्पकालिन कर्जामा ९ प्रतिशत हेरफेर गरेको छ । पछिल्लो समय दर्शन सहकारीमा बचतफिर्ताको माग गर्दै विभिन्न चरणमा आन्दोलन भइरहेका छन् । बचत फिर्ता आयोजना अनुसार पहिलो चरणको बचत फिर्ता गरेको यस सहकारीले दोस्रो चरणको बचतफिर्ता यसै साताबाट सुरु गर्ने भएको छ ।

पहिलो चरणमा साना बचतकर्ता ५ सय देखि ५ हजारसम्म फिर्ता योजना सार्वजनिक गरि सहकारीले नियमति बचत फिर्ता गरिरहेको छ । पहिलो चरणमा २५ सय १० जना साना बचतकर्ताको रकम फिर्ता गरेको संस्थाले जनाएको छ । केहि छुट भएकाहरुलाई यसै साताबाट वितरण सुरुगर्ने र दोस्रो चरणको बचतफिर्तापनि यसै साताबाट सुरुहुने संस्थाका सिइओ सुर्वण महर्जनले बताए ।

उनले भने, पहिलो चरणमा सूचना प्राप्त गर्न नसकेका बचतकर्ताहरुलाई यसैसाताबाट रकम फिर्ता गरिने छ । त्यस्तै दोस्रो चरणको बचतफिर्ता पनि यसैसाताबाट हुने छ । संस्थाले आर्थिक तरलता बढ्दै गएकाले बचत फिर्तागरि खाता बन्दै गर्दै जाने योजना सार्वजनिक गरेको छ ।