Sunday, August 03, 2025

२०८२ श्रावण १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर बजारको सबै परिसूचक घटे


सेयर बजारको सबै परिसूचक घटे

काठमाडौं, भदौ १७। साताको पहिलो दिन पनि सेयर बजारको परिसूचक नेप्से र सबै उपसमूहका सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २९.८१ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से १९६० अंकमा कायम भएको छ । कुल १ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

जसमध्ये बैंकिङ ११, विकास बैंक ५८, फाइनान्स २२, होटल तथा पर्यटन १७०, जलविद्युत् ४७, जीवन बीमा २१९, उत्पादन ४९, माइक्रोफाइनान्स ६३, निर्जीवन बीमा २१२, अन्य १९, व्यापार उपसमूह ३७ अंक घटे । जम्मा ८ कम्पनीको मूल्य बढ्दा २१२ को घट्यो भने ८ को स्थिर रहृयो ।

थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो भने सिक्लेस हाइड्रोपावरको ५ प्रतिशत बढ्यो । लिबर्टी इनर्जी र सिटी होटलको मूल्य भने १० प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सोल्टी होटल, आईएमई लाइफ इन्स्योरेन्स, सिटी होटल, माछापुच्छ्रे बैंक र एभरेस्ट बैंक क्रमशः अगाडि रहेका छन् ।