Tuesday, December 03, 2024

२०८१ मंसिर १८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रयाप्त बर्षा नहुँदा इनारको पानीले रोपाइँ, कीर्तिपुरको सल्यानस्थान क्षेत्रका किसानलाई असार १५ खल्लो(भिडिओ सहित)


प्रयाप्त बर्षा नहुँदा इनारको पानीले रोपाइँ, कीर्तिपुरको सल्यानस्थान क्षेत्रका किसानलाई असार १५ खल्लो(भिडिओ सहित)

काठमाडौं । आज असार १५ अर्थात धान दिवस, देशभर किसानहरुले आज धान रोपाइँगरि खेतीको सुरु गरेका छन् । तर, काठमाडौंको कीर्तिपुर स्थीत सल्यानस्थान क्षेत्रका किसानहरुले भने समयमा पानी नपर्दा इनारको पानी खेतमा लगाइँ धान रोपाइँ गरि असार १५ मनाएको छन् । जसले गर्दा यस वर्षको असार १५ खल्लो भएको उनिहरुको भनाई छ ।

केहि दिनअघि नियमित बर्षा भएपनि हिजो आज भने यस क्षेत्रमा प्रयाप्त मात्रमा पानी परेको छैन् । आज खेतीको सुरुवात गर्नुपर्ने दिनभएपनि किसानहरुले आवश्यता पानी नपर्दा रोपाइँमा रमाउन पाएनन् । आजको दिनलाई मानो रोपेर मुरी उब्जाउने मुख्य दिनका रुपमा लिइन्छ । यस दिनलाई किसानले अरू पनि विभिन्न रूपमा सम्झिन्छन् ।

असार १५ मा खेतमा धान रोपाइँ गरेपछि दही चिउरा खाने चलन पनि छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा २०६१ देखि असार १५ मा नै राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यस वर्ष २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँएको छ ।

बाह्रै महिना सिँचाइ सुविधा हुने केही ठाउँमा मात्र चैते धान लगाउने गरिएकामा अहिले नार्कले निकालेको नयाँ जात कम सिँचाइ हुने ठाउँमा पनि लगाउन थालिएको छ । हाल हर्दिनाथ–१, चैते–३, चैते–२, चैते–४, चैते–५, चैते–६ जातका धान लगाउने गरिएको छ । हाल नेपालमा एक लाख ५० हजार हेक्टरमा चैते धान खेती हुन्छ ।