Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोमा बगेर दुई बस त्रिशूलीमा वेपत्ता भएको आशंका, चालकसहित करिब ६५ यात्रु सम्पर्क विहिन


नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोमा बगेर दुई बस त्रिशूलीमा वेपत्ता भएको आशंका, चालकसहित करिब ६५ यात्रु सम्पर्क विहिन

काठमाडौं । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुबैबाट बस बगाएर त्रिशूली नदीमा वेपत्ता भएको आशंका गरिएको छ । ती बसमा चालकसहित करिब ६५ यात्रु रहेको प्रहरीको अनुमान   छ ।

घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान करिब साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोमा बगेका थिए ।

प्रहरीका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं आउँदै गरेको बसमा २४ जना यात्रु रहेको अनुमान छ । दुवै बस र यात्रुहरुको अवस्था अज्ञात छ । अहिले जिल्ला प्रहरी कार्यालय चितवनबाट खोज तथा उद्धारमा ७५ जनाको टोलीले खोज सुरुगरेको छ । भने, त्रिशूलीमा बस खोज्न गोताखोर परिचालन गरिएको छ ।