Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रधानमन्त्री दाहालले नेपाल आइडलका विजेता करण परियारलाई बधाई दिदै भनेः तपाईले साधनाले जित्नुभयो


प्रधानमन्त्री दाहालले नेपाल आइडलका विजेता करण परियारलाई बधाई  दिदै भनेः तपाईले साधनाले जित्नुभयो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आइडल सिजन ५ का विजेता करण परियारलाई गितार उपहार दिदै बधाई दिएका छन् । उनले आज प्रधानमन्त्री कार्यलयमा बोलाएर निरन्तरको संघर्ष र साधनाबाट सफलता प्राप्त गरेको भन्दै बधाई दिए । यस बर्ष नेपाल आइडल सिजन ५ का विजेता बर्दियाका करण परियार साधनाले जितेको भन्दै उनको प्रसंशा भइरहेको छ । उनको यो सफलता सबै नौजवान युवाहरूलाई प्रेरणा हुने विश्वास लिएको भन्दै प्रधानमन्त्रीले खुशी व्यक्त गरे । प्रधानमन्त्री दाहालले आफ्नो सामाजिक संजालमा लेखेका छन् करणको आगामी यात्रा सफलताको शुभकामना, प्रतियोगिता आयोजक, निर्णायक र सहभागी सबैमा हार्दिक धन्यवाद ।