Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्रिय उपभोक्ता मञ्चले भन्योः कालोबजारी रोक्न शून्य भन्सारमा ४० हजार टन चिनी र १ लाख टन चामल आयात गरौं


राष्ट्रिय उपभोक्ता मञ्चले भन्योः कालोबजारी रोक्न शून्य भन्सारमा ४० हजार टन चिनी र १ लाख टन चामल आयात गरौं

काठमाडौँ । राष्ट्रिय उपभोक्ता मञ्चले शून्य भन्सारमा ४० हजार टन चिनी र १ लाख टन चामल आयात गर्न माग गरेको छ । मञ्चले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई ज्ञापनपत्र बुझाएर यस्तो माग गरेको हो ।

मोटा चामल प्रतिबोरा ६ सय रुपैयाँ बढेको छ । चिनीको मूल्य ९५ रुपैयाँबाट ११५ रुपैयाँ पुगेको छ,’ मञ्चले बुझाएको ज्ञापनपत्रमा भनिएको छ , ‘अनावश्यक मूल्य वृद्धि नियन्त्रण गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत तत्काल ४० हजार टन चिनी शून्य भन्सारमा आयातको व्यवस्था मिलाउनुपर्छ । खाद्य कम्पनीमार्फत १ लाख टन चामल आयात गर्नुपर्छ ।’

सरकारले चालु आर्थिक वर्षदेखि दाल, गेडागुडी, धान र गहुँ आयातमा अग्रिम कर लगाएपछि बजारभाउ उकालो लाग्न थालेको छ । कर नलागेका वस्तुमा पनि अस्वाभाविक मूल्यवृद्धि भएको छ ।