Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री यूएई प्रस्थान


कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री यूएई प्रस्थान

काठमाडौं ।  जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायको २८औं सम्मेलन (कोप–२८) मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार राति यूएई प्रस्थान गरेका छन् । दुबईमा ३० नोभेम्बरदेखि डिसेम्बर १२ (१४ देखि २६ मंसिर) सम्म हुने सम्मेलनमा प्रधानमन्त्रीले गर्ने सम्बोधनको मस्यौदा तयार भइसकेको छ ।  कोप–२८ मा जानुअघि देशभित्रकै सार्वजनिक मञ्चहरूमा प्रधानमन्त्रीले जलवायु परिवर्तनले नेपालमा पारेको असरको अन्तर्राष्ट्रियकरण गर्ने र क्षतिपूर्ति दाबी गर्ने धारणा राखेका छन् ।