Wednesday, December 04, 2024

२०८१ मंसिर १९, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

क्याप्टेनको नाममा नेपाल एयरलाइन्सले निकाल्यो ३५ दिने सूचना


क्याप्टेनको नाममा नेपाल एयरलाइन्सले निकाल्यो ३५ दिने सूचना

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सम्झौताअनुसार काम नगरेको भन्दै क्याप्टेन रोशन केसीको नाममा ३५ दिने सूचना जारी गरेको छ ।

निगमले तलब भत्ता, भ्रमण भत्ता लगायत शीर्षकमा बुझेको ब्याजसहित फिर्ता गर्न सूचना जारी गरेको हो ।

नियमले दिएको जानकारीअनुसार उनले सम्झौता पालना नगरेकाले बक्यौता असुल्ने निर्णय भएको हो । केसीले निगमकै खर्चमा तालिम लिएको, विभिन्न मुलुक भ्रमण गरेको, यसबापत भत्ता बुझेको, उक्त अवधिको तलब पनि बुझेको तर तालिमपछि काममा नफर्किएको निगमले जानकारी दियो ।

यसबारे पटक-पटक लिखित तथा मौखिक जानकारी गराउँदासमेत उपस्थित नभएपछि सार्वजनिक सूचना जारी गरेको निगमले जनाएको छ ।

34957835-b6b7-4ab6-accd-c2329d78811c