Sunday, August 03, 2025

२०८२ श्रावण १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

लघुबिमाद्वारा २९ लाख बिमा शुल्क संकलन


लघुबिमाद्वारा २९ लाख बिमा शुल्क संकलन

काठमाडौं, भदौ १२। चालू आर्थिक वर्षको साउनमा मात्र निर्जीवन बिमा कम्पनीहरुले लघुबिमाद्वारा २९ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् । उक्त अवधिमा २ हजार १५ वटा बिमालेख मार्फत १ अर्ब ५६ करोड ७३ लाख रुपैयाँ बिमांक बराबरको बिमा भएको छ । ती बिमालेख मार्फत करिब २९ लाख रुपैयाँ बिमा शुल्क संकलन भएको नेपाल बिमा प्राधिकरणको तथ्यांक छ ।

सञ्चालनमा रहेका ८ वटा निर्जीवन कम्पनी र दुई वटा लुघबिमा कम्पनीद्वारा उल्लिखित बिमा शुल्क संकलन भएको हो । गत साउनमा शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ७ सय ४० वटा बिमालेख बिक्री गरेर १ लाख ७२ हजार बिमा शुल्क संकलन गरेको छ । सोही अवधिमा नेको इन्स्योरेन्सले ६ सय ४० वटा बिमालेख बिक्री गरेर १३ लाख १९ हजार बिमा शुल्क संकलन गरेको छ ।

यस्तै, गत साउनमा ओरिएण्टल इन्स्योरेन्सले १० वटा लघु बिमा पोलिसी बिक्री गरी २५ हजार रुपैयाँ, नेसनल इन्स्योरेन्सले ४ वटा बिमालेखमार्फत १ हजार र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले ८ वटा बिमा लेख बिक्री गरी ३२ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको हो ।