Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

जो बाइडेन र राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले हात मिलाए


जो बाइडेन र राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले हात मिलाए

एजेन्सी । अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडेन र राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले हात मिलाएका छन् । दुवैबिच ओभल अफिसमा भेटवार्ता भएको छ । जनवरी २० मा ट्रम्पको शपथ ग्रहण अघि, बाइडेन प्रशासनले ट्रम्पलाई सत्ता हस्तान्तरण गर्न आवश्यक वार्ता र औपचारिकताहरू पूरा गरिरहेको छ ।

यस सन्दर्भमा, बाइडेनले परम्परागत रूपमा ट्रम्पलाई निम्तो दिएका थिए । त्यसपछि दुवैले बुधबार भेटेका हुन् । समाचार एजेन्सी एपीमा छापिएको समाचार अनुसार ओभल अफिसको बैठकमा बाइडेनले ट्रम्पलाई हात मिलाएर अभिवादन गरेका थिए । डेमोक्रेटिक प्रशासनबाट रिपब्लिकन क्याम्पमा सत्ता हस्तान्तरणको प्रक्रिया सहज रुपमा सम्पन्न हुने पनि खबरमा भनिएको छ । यस विषयमा औपचारिक सहमति भएको छ ।

ह्वाइट हाउसबाट जारी विज्ञप्ति अनुसार अमेरिकाकी प्रथम महिला जिल बाइडेनले पनि अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउसमा स्वागत गरेकी छिन् । राष्ट्रपति बाइडेनको साथमा ट्र्रम्पलाई स्वागत गर्न आएकी जिल बाइडेनले ट्रम्पलाई हस्तलिखित बधाई पत्र दिएकी थिइन् । बाइडेनको टोलीले पनि ट्रम्पलाई सत्ता हस्तान्तरण गर्ने प्रक्रिया पूरा गर्न तयार रहेको जनाएको छ ।