Tuesday, September 23, 2025

२०८२ आश्विन ७, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

तीन करोड ८२ लाख ठगी गर्ने म्यानपावरको इजाजत खारेज


तीन करोड ८२ लाख ठगी गर्ने  म्यानपावरको इजाजत खारेज

काठमाडौं, असोज ४। वैदेशिक रोजगार विभागले ४३ जना श्रमिकहरूसँग तीन करोड ८२ लाख २८ हजार ४९८ रूपैयाँ ठगी गर्ने विस एचआर सोलुसन प्रालि इजाजत पत्र नम्बर १४२५र०७४र ०७५० को इजाजात खारेज गरिदिएको छ। यो म्यानपावरले श्रमिकहरूलाई जापान, अमेरिका, पोल्याण्ड, क्रोएसिया, कतारलगायत विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा पठाइदिन्छु भनि रकम लिएर रोजगारीमा नपठाएको उजुरी विभागमा परेको हो।

म्यानपावरले वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ बमोजिम कसुर गरेकाले सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइराला भनिने फडिन्द्र कोइरालालाई दफा ४४ अनुसार सजाय हुने विभागले बताएको छ। ठगी भएको तीन करोड ८२ लाख २८ हजार ४९८ रुपैयाँ पीडितहरूलाई विगो र सोको ५० प्रतिशत हर्जानासमेत भराउन माग गरी विभागले वैदेशिक रोजगार न्यायाधिकरणमा अभियोगपत्र दर्ता गरेको छ।