Tuesday, November 04, 2025

२०८२ कार्तिक १९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

लगातार पाँचौ दिन पनि घट्यो सुनको भाउ


लगातार पाँचौ दिन पनि घट्यो सुनको भाउ

काठमाडौं,आइतबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। सुनको भाउले यस दिन पनि निरन्तरता पाएको हो।मंगलबार प्रतितोला चार सय रुपैयाँ, बुधबार प्रतितोला आठ सय रुपैयाँ, बिहीबार प्रतितोला एक हजार चार सय रुपैयाँ, शुक्रबार प्रतितोला ८ सय रुपैयाँ र आइतबार प्रतितोला ८ सय रुपैयाँ गरी पाँच दिनमा सुनको भाउ प्रतितोला ४ हजार २ सय सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ।

शुक्रबार प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १३ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ बढेको हो।