Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एमाले केन्द्रीय समिति बैठक बस्दै, अध्यक्षको प्रतिविदेनसँगै सत्ता गठबन्धनका विषयमा छलफल हुने


एमाले केन्द्रीय समिति बैठक बस्दै, अध्यक्षको प्रतिविदेनसँगै सत्ता गठबन्धनका विषयमा छलफल हुने

काठमाडौँ । नेपाल एमाले केन्द्रीय समिति बैठकमा सत्ता गठबन्धनका विषयमा छलफल हुने भएको छ । काँग्रेस सँगको गठबन्धनमा रहेको सरकारका विषयमा पछिल्लो समय दुबै दलमा दुरी बढेको छ ।

आजबाट सूरुहुने केन्द्रीय समय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ । यसअघि प्रतिवेदनमाथि समूहगत छलफल हुने गरेकामा यसपटक भने प्रत्येक केन्द्रीय सदस्यलाई धारणा राख्ने व्यवस्था मिलाइएको छ ।

प्रत्येक सदस्यलाई करिब तीन मिनेटको समय उपलब्ध गराउने तयारी गरिएको छ । बैठकको प्रारम्भमा अध्यक्ष ओलीले पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा बोल्ने छन् । अध्यक्षको राजनीतिक प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, सत्ता गठबन्धन, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएको उनि निकट नेताहरुले बताए । बैठकमा केन्द्रीय सदस्य र आयोगका प्रमुखलगायत सहभागी हुनेछन् । बैठक दुई दिन चल्ने छ ।