Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानकासाथ अन्त्यष्टि गरिने, लिम्बु र हिन्दु दुबै संस्कारबाट अन्त्यष्टि हुने

१० बजे पशुपति लगिने


सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानकासाथ अन्त्यष्टि गरिने, लिम्बु र हिन्दु दुबै संस्कारबाट अन्त्यष्टि हुने

संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको आज राजकीय सम्मानकासाथ अन्त्यष्टि गरिने भएको छ । बिहान ११ बजे पशुपति आर्यघाटमा उनको अन्तिमसंस्कार गरिने एमाले नेता पदमगिरीले बताए । उनको पार्थिव शरीरलाई पारिवारिक तथा धार्मिक संस्कारका लागि हिजो बालुवाटारस्थित निवासमा राखिएको थियो ।

आज निवासबाटै बिहान १० बजे पशुपति लगिने छ । ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा राखिएको स्वर्गीय नेम्वाङको पार्थिव शरीरलाई हिजो दिउँसो १ बजेपछि बालुवाटार लगिएको हो । नेम्वाङलाई आफन्तजन, इष्टमित्र र परिवारका सदस्यहरुबाट श्रद्धाञ्जली अर्पण गरेपछि आज बिहान ११ बजे अन्तिम दाहासंस्कारलागि पशुपतिमा लगिन लागेको हो ।

नेम्वाङको लिम्बु र हिन्दु दुबै संस्कारबाट अन्त्यष्टि हुने उनको पारिवारिक स्रोतले जनाएको छ । संविधान निर्माण र लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको सम्मानमा सरकारले नेम्वाङको अन्त्येष्टी राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको हो प्रतिनिधिसभाको गत निर्वाचनमा इलाम क्षेत्र नम्बर दुईबाट निर्वाचित पार्टी उपाध्यक्ष नेम्वाङको ह्दयघातबाट हिजो बिहान निधन भएको थियो ।