Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दर्शन सहकारीलाई समस्याग्रस्त घोषणा गराउने कञ्चन महर्जन नेतृत्वको संघर्ष समितिको विरुद्धमा बचतकर्ता, प्रदेश महाशाखामै हात हालाहालको अवस्था


दर्शन सहकारीलाई समस्याग्रस्त घोषणा गराउने कञ्चन महर्जन नेतृत्वको संघर्ष समितिको विरुद्धमा बचतकर्ता, प्रदेश महाशाखामै हात हालाहालको अवस्था

काठमाडौं । कीर्तिपुर स्थित दर्शन बचत तथा ऋण सहकारी संस्थालाई नियमित काम गर्न दिने वा समस्याग्रस्त घोषणा गराउने भन्ने विषयमा बचत पीडित संघर्ष समितिका दुई टोलीबीच चर्काचर्की भएको छ । बागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय अन्तरगत सहकारी महाशाखाको समन्वयमा बुधबार हेटौडामा भएको छलफलमा दुबै संघर्ष समितिका पदाधिकारीबीच चर्काचर्की भएको हो ।

कञ्चन महर्जन नेतृत्वको संघर्ष समितिका सदस्यहरु र गुनु तामाङ नेतृत्वको संघर्ष समितिका पदाधिकारीबीच प्रदेश महाशाखाको कार्यालयमा हातहालाहालको स्थिती आएको थियो । तामाङको नेतृत्वको संघर्ष समितिले १३ हजार बचतकर्ताहरुको रकमलाई जोखिममा पार्नेगरि कुनै निर्णय गर्न नपाइने भनेपछि महर्जन नेतृत्वको संघर्ष समितिले तत्काल समस्याग्रस्त घोषणागरि कानुनी कारबाहीमा जाने अडान लिएको थियो ।


प्रदेश महाशाखाको कार्यकक्षमा भएको छलफलमा दर्शन बचत तथा ऋण सहकारी संस्थाका तर्फबाट अध्यक्ष दिनेश दर्शनधारी, सचिव यशोदा राई, प्रबन्धक आयुषा दर्शनधारी र सिइओ सुर्वण महर्जनको उपस्थिती रहेको थियो । भने, कञ्चन महर्जन र गुनु तामाङको नेतृत्वको संघर्ष समितिबाट करिब ४५ जना बचतकर्ताको उपस्थिति रहेको थियो ।

छलफलमा महर्जन नेतृत्वको संघर्ष समितिका पदाधिकारीले अपशव्द प्रयोग गर्ने, धम्कीपुर्ण भाषा प्रयोग गर्ने जस्ता गतिविधी गरेपछि प्रदेश महाशाखाका प्रतिनिधिले त्यसो नगर्न आग्रह गरेका थिए । लामो समय चर्काचर्की भएपछि प्रदेश महाशाखाले दुई वटा निर्णयहरु गराएर बैठक सकाएको थियो । महाशाखाले तत्काललाई बचतफिर्ताकालागि स्वतन्त्र सम्पत्ति व्यवस्थापन समिति बनाउने वा संस्थालाई समस्याग्रस्त घोषणा गर्न विभागिय मन्त्रिलाई जानकारी गराउने निर्णय गरेको छ ।

छलफल बचतफिर्ताको ग्यारेन्टीकालागि डाकिए पनि एक आपसमा आरोप प्रत्यारोपमा केन्द्रीत भएको थियो । छलफलका क्रममा सहकारीका प्रवन्धक दर्शनधारीले पीडित संघर्ष समितिका संयोजक कञ्चन महर्जनबाटै आफुमाथि गालिगलोज गरेको, घरमा आगजनिको प्रयास गरेको र हातपात समेत गरेकाले कानुनी कारबाहीकालागि सम्बन्धीत निकायको ध्यानाकर्षण गराएकी थिइन । त्यस्तै, सिइओ महर्जनले बचतफिर्ताको दवाव दिदै जबरजस्ती अपहरण शैलीमा घरबाटै कञ्चन महर्जन नेतृत्वको संघर्ष समितिले १७ घण्टा बन्दी बनाई सोधपुछ गरेको विभागका प्रतिनिधिलाई जानकारी गराएका थिए ।


छलफलको सुरुमा नै सहकारी अध्यक्ष दर्शनधारीले बैठकमा उपस्थित पन्नारत्न बज्राचार्य कीर्तिपुर स्थित बाघ भैरब बचत तथा ऋण सहकारी संस्थामा करिब २० बर्ष अडिटर र सोहि सहकारीको हालको लेखा समिती सदस्यको जिम्मेवारीमा रहेकाले गैर सदस्यको अघि छलफल नगर्ने अडान राखेका थिए । उनले एक सहकारीको व्यक्ती अर्काे सहकारीमा हिसाब किताव माग्ने वा हेर्ने अधिकार नभएको भन्दै विरोध गरेका थिए । त्यस्तै, एमाले नेता तथा कञ्चन महर्जन नेतृत्वको संघर्ष समितिका सहयोगी केशरत्न बज्राचार्य समेतको उपस्थितिमा छलफल नगर्ने अडान दिएको एक सहभागिले बताए । केहि बेर तनावको स्थिती बनेपछि पुनः छलफल सुरुभएको थियो ।

छलफलमा पुरानो संघर्ष समितिबाट बचतकर्ता विश्व नेपालीले आफ्नो सावा व्याज गरेर ५० लाख भएको र जग्गा दिने आश्वासन दिएको तर अहिलेसम्म नपाएको गुनासो गरेका थिए । विश्व नेपालीको गुनासोमा अध्यक्ष दर्शनधारीले सो रकम मिटर ब्याजमा लगानी गरेको व्यक्तीबाट आफुहरुले उठाइदिएको र साहि रकमलाई संयुक्त लगानी गरेपनि आर्थिक तरलताका कारण फाईदा नहुने देखेपछि जबरजस्ती सहकारीमा जम्मा गर्न दवाव दिएको बताएका थिए । उनले सोहि रकम सहकारीमा अहिले एफडीमा रहेको र ठुलो रकम भएकाले ऋणबाट प्राप्त घर, जग्गा जुनसुकैबाट पनि मिलान गर्न आफुहरु तयार रहेको बताएका थिए ।


त्यस्तै, सहकारी अध्यक्ष दर्शनधारीले अहिले साना बचतकर्ताको रकम फिर्ता गरिरहेको र ६ महिना नियमित सहकारीलाई काम गर्न दिए ठुला बचतकर्ताको रकम फिर्तागर्न सहज हुने बताएका थिए । उनले प्रतिनिधिसभा अन्र्तगतको संसदीय विशेष समिति र सम्बन्धीत निकायमा बचतफिर्ताको कार्ययोजना पेस गरेकाले सोहि अनुरुप बचतफिर्तालाई प्राथमिकता दिइरहेको बताएका थिए । सचिव राईले सम्पत्ति व्यवस्थापनलाई तिप्रगतिमा अघि बढाएकाले ऋणबाट प्राप्त घर जग्गा बिक्रिबाट आउने सबै रकम बचतफिर्तामा लगाउने बताएकी थिइनन् ।


सोहि अवसरमा कञ्चन महर्जन नेतृत्वको संघर्ष समितिलाई सहयोग गर्दै आएका एमाले नेता केशरत्न बज्राचार्यले आफ्नो राजनीतिक करिअरमै धक्कालाग्ने गरि नबोलिदिन सहकारीका अध्यक्षलाई आग्रह गरेका थिए । उनले, बचतफिर्ताको वातावरण बनाउन सहकारी संस्थाको कीर्तिपुर ःस्थीत कार्यलयमा सकैले पनि अवरोध नगर्न निर्देशन दिएका थिए । बज्राचार्यले वर्तमान अबस्थालाई मध्यनजर गर्दे छिटो बचतफिर्ताको ग्यारेन्टी गर्न र कार्यलयलाई नियमित सञ्चालनको वातावरण बनाउनु पर्ने बताएका थिए । संघर्ष समितिका संयोजक कञ्चन महर्जनले कुनै पनि हालमा समस्याग्रस्त घोषणा गर्नुपर्ने एक सुत्र माग राखेका थिए जसको प्रतिकार अर्का संघर्ष समितिका संयोजक तामाङले गरेका थिए । संस्थालाई बचाई बचतफिर्ता गर्नुपर्र्ने माग बढेपछि विभागिय मन्त्रिको जिम्मा लगाइएको छलफलमा सहभागि एक सदस्यले बताए ।