काठमाडौं, असोज ५ । शुक्रबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सय रुपैयाँले घट्दै १ लाख १२ हजार १ सय रुपैयाँ कायम भएको हो ।
यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा ४ सय रुपैयाँले घटे र १ लाख ११ हजार ५ सय ५० रुपैयाँ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। तर चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढे र १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले बताएको छ ।