Thursday, July 03, 2025

२०८२ असार १९, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

यती एयरलाइन्सले २५ वर्ष पूरा गरेकोमा क्यानको बधाई र सम्मानका साथ सर्वसाधारणलाई प्रिमियिम शेयर दिने


यती एयरलाइन्सले २५ वर्ष पूरा गरेकोमा क्यानको बधाई र सम्मानका साथ सर्वसाधारणलाई प्रिमियिम शेयर दिने


काठमाडौं, असोज ९। नेपाल नागरिक उड्डयान प्राधिकरण क्यानले यती एयरलाइनसलाई सम्मानपत्र वितरण गरेको छ । सोमबार एयरलाइनसको २५औं वर्षको अवसरमा क्यानका महानिर्देशक प्रदीप अधिकारीले एयरलाइन्सका कार्यकारी अध्यक्ष लाक्पा सोनाम शेर्पालाई बधाई सहित सम्मानपत्र हस्तान्तरण गरे।

काठमाडौंबाट लुक्लासम्म पहिलो उडान भरेको यस एयरलाइन्सको स्थापना सन् १९९८ सेप्टेम्बर २४ मा स्थापना भएको थियो।सम्मान ग्रहण गर्दै एयरलाइन्सका अध्यक्ष शेर्पाले एयरलाइन्सलाई सार्वजनिक कम्पनीको रूपमा ल्याउने लक्ष्य लिएको बताए। उनले २५ वर्षअघि २ वटा विमानसहित एयरलाइन्स सुरू गरेको र २ वर्षपछि उनका भाइ स्वर्गीय आङ्छिरिङ शेर्पाले यसको विकासमा सहयोग गरेको मसेत बताए।

यती एयरलाइन्सले स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा अब आईपीओमा जाने घोषणा समेत गरेको छ। एयरलायन्सका कार्यकारी अध्यक्ष सोनाम शेर्पाले सर्वसाधारणलाई प्रिमियम शेयर दिनेगरी शेयर मार्केटमा जान लागिएको बताए।