Thursday, June 19, 2025

२०८२ असार ५, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विश्व बजारमा शेयर मार्केट


विश्व बजारमा शेयर मार्केट

एजेन्सी । प्रमुख एसियाली बजारहरू सामान्य सुधारसहित खुलेका छन् । एसियाली बजार खुल्दा जापानको निक्केइ १.४ प्रतिशत, हङकङको हाङसेङ इन्डेक्स १.४ प्रतिशत, सांघाइको कम्पोजिट इन्डेक्स १.९ प्रतिशत, दक्षिण कोरियाको कप्सी ०.४ प्रतिशत र अस्ट्रेलियाको एस् एन्ड पी एएसएक्स ०.७ प्रतिशतले सुधार भएर खुलेका छन् ।

यसअघि अमेरिकी चुनावको परिणाम आसपास घोषणा हुनसक्ने नयाँ आर्थिक नीति र कार्यक्रमप्रति आशावादी हुँदै अमेरिकी र युरोपका शेयर बजारहरू सकारात्मक मोडमा बन्द भएका थिए । चुनावको साता विश्वका धेरैजसो प्रमुख बजारहरूमा सामान्य गिरावट आएका थिए । तर निर्वाचनकै दिन भने अमेरिकाका एसएन्डपी र डाउ जोन्स झन्डै २ प्रतिशत र नास्डक झन्डै ३ प्रतिशतले बढेका थिए ।

निर्वाचनको पूर्वसन्ध्यामा जापानको निक्केइ झन्डै २.५ प्रतिशतले ओरालो लागे पनि चीनको एसएसई कम्पोजिटमा १.२ प्रतिशतको सामान्य सुधार आएको थियो । चुनावपूर्व १.२, १.८ र १.५ प्रतिशतले झरेका बेलायत जर्मनी र फ्रान्सका शेयर बजार निर्वाचनको दिन भने क्रमशः १, १.५ र १.२ प्रतिशतले बढेर बन्द भएका छन् । छिमेकी भारतमा पनि चुनावपूर्व १ प्रतिशतभन्दा बढीले घटेका सेन्सेक्स र निफ्टी चुनावको दिन भने १.५ र १.२ प्रतिशतले उकालो लागे ।