Tuesday, September 02, 2025

२०८२ भाद्र १७, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्पको धम्का


सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्पको धम्का

काठमाडौं । सिन्धुपाल्चोकको माझीटार क्षेत्रलाई केन्द्रबिन्दु बनाएर बिहीबार दिउँसो ४.८ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार स्थानीय समय अनुसार दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। केन्द्रका विज्ञहरूले यो भूकम्पलाई सानो भूकम्प मानिए पनि यसको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको बताएका छन्।

भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन । भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोक जिल्लाको माझीटार क्षेत्रभित्र परेको जनाइएको छ। यस भूकम्पलाई टेक्टोनिक गतिविधिको नियमित घटना मानिएको छ। विशेषज्ञहरूले देशका भूकम्प प्रभावित क्षेत्रहरूमा सतर्क रहन र भूकम्पबाट सुरक्षित रहने उपायहरूको पालना गर्न नागरिकलाई आग्रह गरेका छन्।