काठमाडौँ । काठमाडौँको अनामनगरलगायत विभिन्न क्षेत्रमा आज बिहानदेखि अपराह्न ४ बजेसम्म विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने के ३ सवस्टेसनदेखि घटेकुलो एरियामा केबल तान्ने कार्य गर्न लागिएको हुँदा बिहान ८ बजेदेखि विद्युत अवरुद्ध भएको छ । अनामनगर पुर्वीगेट हुँदै हनुमान स्थान, सिंहदरबार दक्षिणगेट हुँदै न्युरो हस्पिटल अगाडी,प्रभु बैङ्क अगाडी धोवीखोलाहुदैं सेतोपुल मैतीदेवी जाली कारखाना, घटेकुलो एरिया र गोर्खा एफएम सम्मको विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बिहानैदेखि अनामनगरमा विद्युत् अवरुद्ध