Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

भोलिदेखि सीप मेला सञ्चालन, एक वर्षमा १५ हजारलाई सीप दिने काठमाडौँ महानगरको योजना


भोलिदेखि सीप मेला सञ्चालन, एक वर्षमा १५ हजारलाई सीप दिने काठमाडौँ महानगरको योजना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोलिदेखि सीप मेला सञ्चालन गर्ने भएको छ । आज दिउँसो पत्रकार सम्मेलन गर्दै उपमेयर सुनिता डङ्गोलले मेला र यसको फाइदाबारे जानकारी दिइन् ।

उनले १ महिनामा २०८१ जनालाई १० वटा क्षेत्रका २९ वटा पेसासँग सम्बन्धित सीप सिकाइने बताएकी छन् । टुँडिखेलमा आयोजना गरिने ‘सीप मेला’ मा सहभागी गराइने यो संख्या २०८१ सालको संकेत हो ।

पेशागत तालिमको सूचीमा अटो मोबाइल्स, निर्माण, हस्पिटालिटी एण्ड म्यानेजमेन्ट, सूचना प्रविधि, मेकानिकल, आर्ट एण्ड कल्चर, गार्मेन्ट्स, ब्युटिसियन, डिजाइनिङ र पुरोहितलगायतका क्षेत्रसम्म छन् ।

महानगरले युवा लक्षित विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ ।