Monday, August 18, 2025

२०८२ भाद्र २, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

‘हेमाटोलोजी एनलाइजर’ खरिद गर्न अर्थ सङ्कलन


‘हेमाटोलोजी एनलाइजर’ खरिद गर्न अर्थ सङ्कलन

महोत्तरी । बर्दिवास–२ स्थित जनता माध्यमिक विद्यालयबाट विसं २०५९ मा प्रवेशिका परीक्षामा सहभागी विद्यार्थीले बर्दिवास हेल्पिङ ह्याण्डस् नामको संस्था स्थापना गरेर मानव शरीरको रक्त विश्लेषण गर्ने उपकरण हेमाटोलोजी एनलाइजर खरिदका निम्ति रकम सङ्कलन गरेका छन् ।

उपकरण खरिदका लागि सङ्कलन भएको रु ५९ हजार उनीहरूले नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखालाई शनिबार हस्तान्तरण गरेका छन् । “हामीले सिबिसी मेसिन किन्न रेडक्रसलाई रु ५९ हजार हस्तान्तरण गरेका छौँ”, बर्दिवास अस्पतालका मेडिकल अफिसर डा किशोर अधिकारीले भने, “यो सबैलाई जागृत गराउने अभियान हो, यसैले रकम सानो भए पनि कार्यक्रम नै आयोजना गरेर हस्तान्तरण गरेका हौँ ।” बर्दिबासवासीले सिबिसी मेसिन खरिद अभियान थालिएको थाहा पाउन् भन्ने आपूmहरूको उद्देश्य रहेको बताए ।

मधेसका कुनै पनि जिल्ला अस्पतालमा हालसम्म उक्त उपकरण नहुँदा सङ्घीय राजधानी काठमाडौं र विदेश जानुपर्ने बाध्यता छ ।