काठमाडौं । सत्ता र शक्तिका आडमा सहकारी सञ्चालकलाई बचत फिर्ताको दबाव बढेको छ । पछिल्लो समय सहकारी संस्थाहरु चुलिँदै गएको आर्थिक तरलता र बढ्दो बैंकको दबावकाबीचमा सहकारीहरु बन्द हुने अबस्थामा पुगेका छन् । यस्तो अबस्थामा सरकारी सेवामा कार्यरत, राजनीतिक दलका नेता, प्रहरी, पत्रकार भन्दै बचत फिर्ता नगरे जे पनि हुन सुक्ने भन्दै धम्की बढेको एक सहकारी सञ्चालकले बताए । सहकारी देशको आर्थिक मेरुदण्ड हो, तर पछिल्लो समय आर्थिक समस्याका कारण सहकारी सञ्चालक अप्ठेरो परिस्थितिमा रहेका छन् ।
पछिल्लो घटना काठमाडौंको कीर्तिपुर स्थीत एक सहकारी संस्थाका सञ्चालक तथा त्यस संस्थाका कर्मचारीमाथि एक प्रहरी सेवामा कार्यरत व्यक्तीले बारम्बार फोन गर्ने, एसएमएस गर्ने जस्ता क्रियाकलाप गर्ने गरेको बताए । उनले भने, ‘हामीले ति व्यक्तीले भने अनुरुप पैसा फिर्ता गर्दै गएका छौं ।’
राष्ट्रिय सहकारी महासंघ लगायतका वित्तीय क्षेत्रमा काम गर्ने संघ–संस्था तथा कीर्तिपुर नगरपालिकाको सहकारी विभागको निर्देशन अनुरुप अप्ठेरोमा रहेका बचतकर्तालाई उनीहरुको समस्या हेरी बचत फिर्ता दिने गरिएको छ । त्यो अनुसार केहि रकम फिर्ता पनि भएको छ । अहिले सारै अप्ठेरो अबस्थामा प्रहरी सेवामा कार्यरत रहेको आडमा जे सुकै पनि हुन सक्ने भन्ने धम्कीपूर्ण भाषा गर्नु उपयुक्त होइन । हामी व्यक्तीले लिएको पैसा होइन त्यो त संस्थामा राखिएको हो ? हिजो महंगो ब्याज आउंदा खुशी हुने अहिले अप्ठेरो अबस्थामा छौं भन्दा रक्षा गर्नुपर्ने व्यक्तीले नै त्यसो भन्दा हामी सञ्चालक कसरी सुरक्षीत हुन सक्छौं । सहकारीले पैसा फिर्ता नगरेको होइन, गर्छाैं, गरिरहेका छौं । यसैगरि पुनःधम्की आए कानुनी उपचारकालागि जानु भन्दा अर्काे विकल्प छैन ।’ यति भन्दै गर्दा विजनेस दर्शन मिडियालाई सो व्यक्तीको नाम भने उनले खुलाउन चाहेनन् ।
हामीले प्रहरी सेवामा कार्यरत सो व्यक्ति र उनको धम्कीपूर्ण भाषाको एसएमएस लगायतका उनको बचत र फिर्ता भएको रकमका विषयमा जान्न खोज्दा अहिले सबै नखुलाउने बताउँदै उनले भने, ‘उहाँ हाम्रो बचतकर्ता हो, हामी उहाँको रकम खाएर जाने कहाँ नै हो र ? उहाँ कुनै ठाउँको मान्छे प्रहरी सेवामा कार्यरत भएर हाम्रो क्षेत्रमा सेवाकालागि आउनु भएको छ, हामी यहिंको स्थानीय हौं । हाम्रा परिवार पनि यहिं छन् ।’ विजनेस दर्शन मिडियाले बुझे अनुरुप ति प्रहरी अधिकारी कीर्तिपुर प्रहरी वृत्तमा कार्यरत छन् । दुई वर्षअघि सो सहकारीमा बचत बापत् केहि रकम राखेको र त्यो आधा भन्दा धेरै फिर्ता लिइसकेकाले सहकारीले केहि दिनको भाका मागेको भन्ने बुझ्नमा आएको छ । यस्तो अबस्थामा अहिले नै सहकारीले सबै रकम एक मुष्ट फिर्ता गर्न सक्ने अबस्थामा भने नभएको सहकारीको भनाई छ ।
सहकारी सञ्चालकले भने, ‘उहाँ प्रहरी सेवामा कार्यरत हुनुहुन्छ, हामी पनि जनताको सेवामा छौं । बदमासी गरेको भए कानुन छ, होइन भने धम्कीपूर्ण भाषाको फोनको रेकर्ड, एसएमएसको कपी हामीसँग सुरक्षित छ ।’ यसैबीच, हामीले सहकारी बचाउँ अभियानका एक अभियन्तासँग यस्तो अबस्थामा सहकारी सञ्चालक कसरी सुरक्षित हुन सक्छन् भन्ने गरिएको प्रश्नमा उनले भने, ‘यसको विषयमा राष्ट्रिय सहकारी महासंघले गम्भीर ध्यानाकर्षण गर्ने पहल गरेको छ र आगामि महासंघका बैठकमा यस्ता विषयलाई जोडदार उठाउने तयारी समेत रहेको छ ।’ सहकारी संस्था तथा सञ्चालकप्रति हुने गरेको मानसिक यातना विरुद्ध तत्काल कारवाहीकालागि सम्बन्धीत निकायमा पत्राचार गरेर समस्या समाधान पहलमा लाग्ने उनको भनाई छ ।