Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुवास नेम्वाङको अन्त्यष्टि दुईदिनपछि मात्रै गरिने, बिहीबार शोक प्रस्ताव राखिने


सुवास नेम्वाङको अन्त्यष्टि दुईदिनपछि मात्रै गरिने, बिहीबार शोक प्रस्ताव राखिने

काठमाडौँ । संविधानसभा अध्यक्ष तथा सांसद सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरले दागबत्तीका लागि दुईदिन कुर्नुपर्ने भएको छ । स्वर्गीय नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ बेलायतबाट बुधबार दिउँसो चार बजे मात्रै नेपाल आइपुग्ने भएकाले उनको अन्त्यष्टि दुईदिनपछि मात्रै हुने भएको हो ।

नेम्वाङका जेठा छोरा अहिले सपरिवार बेलायत बस्दै आएका छन् । उनका कान्छा छोरा सुहाङ नेम्वाङ आज राति ११ बजे फर्किने बुझिएको छ ।
नेम्वाङको निधनपछि प्रतिनिधिसभाले नेम्वाङप्रति बिहीबार मात्रै शोक व्यक्त गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभाको बुधबारका लागि तय बैठक स्थगित गरी बिहीबार नेम्वाङप्रति शोक व्यक्त गर्न बोलाइएको छ ।

सभामुख देवराज घिमिरेको निर्देशनमा संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबारको बैठक स्थगितबारे सूचना जारी गरेका हुन् । ‘संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएको कारण भदौ २७ गते १ बजे बस्ने गरी तय भएको प्रतिनिधिसभाको बैठक उक्त मिति र समयमा बस्न नसक्ने भएको,’ सूचनामा भनिएको छ, ’शोक प्रस्ताव प्रयोजनको लागि सभाको बैठक भदौ २८ गते बिहीबार दिनको ३ बजे बस्ने गरी निर्धारण गर्नुभएको छ ।’

नेम्वाङको मंगलबार बिहान १ः ५० बजे आफ्नै निवासमा हृदयघातकबाट निधन भएको थियो ।