Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मकवानपुरमा आय विवरण नबुझाउने करदाता ५० प्रतिशत, कारबाही प्रक्रियाअघि बढाइदै


मकवानपुरमा आय विवरण नबुझाउने करदाता ५० प्रतिशत, कारबाही प्रक्रियाअघि बढाइदै

हेटौँडा । आन्तरिक राजस्व कार्यालय हेटौँडाले वार्षिक आय विवरण नबुझाउने करिब १७ हजार करदातालाई कारबाही प्रक्रिया अघि बढाएको छ । करदाता प्रमाणपत्र (प्यान) लिएकामध्ये करिब ५० प्रतिशत करदाताले वार्षिक आयविवरण नबुझाएपछि कार्यालयले त्यस्ता करदाताको अभिलेख तयार पारी कारबाही अघि बढाएको हो ।

वार्षिक आय विवरण नबुझाउनेमध्ये धेरै जसो ३० लाखसम्मको कारोबार भएका साना करदाता र उपभोक्ता समिति छन् । पहिलो चरणमा आय विवरण नबुझाउने करदाताहरुलाई कार्यालयबाट प्रदान गरिने सेवा सुविधाहरु उपलब्ध नगराईने उनको भनाई छ ।

यसका साथै ती करदाताहरुको नामावलीसहित आय विवरण बुझाउनका लागि पहल गरिदिन मकवानपुर जिल्लाको १० वटै पालिकालाई पत्राचार गरिएको छ । व्यावसायिक करदाता प्रमाणपत्र लिएकामध्ये कतिपय करदाताको मृत्यु भएको, कतिपय वैदेशिक रोजगारीमा गएको र कतिपयले व्यवसाय बिक्री गरिसकेको कारण आयविवरण नबुझाउनेको सङ्ख्या धेरै देखिएको हुन सक्ने उनको अनुमान छ ।

कार्यालयले लामो समयदेखि कर नबुझाउने एक सय जना करदातामाथि कारबाही प्रक्रिया अघि बढाइसकेको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर बैंक खाता र सम्पत्ति रोक्का गरिएको प्रमुख कर अधिकृत भट्टराईले बताए ।

कर नबुझाएका करदाताबाट करिब रु ६२ करोड ३९ लाख भन्दा बढी बक्यौता उठाउन बाँकी रहेको सो कार्यालयले जनाएको छ । सबै रोक्का भएपछि केही करदाता कर बुझाउनसमेत आएको उनको भनाइ छ । नियमित बजार अनुगमन थालेपछि आर्थिक वर्ष २०७९र८० मा करदाता बढ्ेका छन् । मकवानपुरमा व्यावसायिक ३३ हजार र व्यक्तिगत ६५ हजार करदाता छन् ।