काठमाडौं । राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा सरकारले चारजनालाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रीपरिषद् बैठकले उनीहरुलाई नियुक्त गरेको हो । मन्त्रीपरिषद्ले ललितपुरका डा. अरनिको पाण्डे, काठमाडौंकी प्रा.संगीता सिंह, जुम्लाका डा. कुशरेन्द्र बहादुर महत र पाल्पाका प्रा.शिवराज अधिकारी लाई नियुक्त गरेको छ ।
राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा चारजना नियुक्त