Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पेट्रोलियम पदार्थको भाउ बढ्यो, ग्यास प्रतिसिलिन्डर १ हजार ८९५


पेट्रोलियम पदार्थको भाउ बढ्यो, ग्यास प्रतिसिलिन्डर १ हजार ८९५

काठमाडौं । नेपाल आयल निगमले आजबाट लागुहुनेगरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल-मट्टितेलमा ३ रुपैयाँ बढाइएको हो ।

खाना पकाउने ग्यासमा भने एकैपटक २३५ रुपैयाँ मूल्य बढेको आयल निगमले बिहीबार साँझ विज्ञप्तिमार्फत जनाएको छ । नयाँ मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर १ हजार ८९५ पुगेको छ ।

यसअघि ग्यास सिलिन्डरको १ हजार ६६० थियो । यसअघि पेट्रोल काठमाडौंमा प्रतिलिटर १८२ र डिजेल-मट्टितेल प्रतिलिटर १७० पुगेको छ । पेट्रोल १७८ र डिजेल-मट्टितेल १६७ रुपैयाँ थियो । वृद्धि भएको मूल्य आजबाट मध्यरातिदेखि नै लागू  हुनेछ ।