Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नारायणगढ–मुग्लिन सडकखण्डमा बस र इलेक्ट्रिक हाइस ठोक्किदा चार जनाको मृत्यु


नारायणगढ–मुग्लिन सडकखण्डमा  बस र इलेक्ट्रिक हाइस ठोक्किदा चार जनाको मृत्यु

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलोमा बस र इलेक्ट्रिक हाइस ठोक्किदा चार जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ज ०२९८ नम्बरको हाइस र नारायणगढबाट मुग्लिन तर्फ आउँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नम्बरको बस आज बिहान करिब ३ बजे ठोक्किएका थिए । दुर्घटनामा तीन पुरुष र एक महिलाको मृत्यु भएको हो । मृतक सबै हायस बसमा सवार यात्रुहरु हुन् ।

मृतकहरुमध्ये गोर्खाको आरुघाट गाउँपालिका १ मान्बु बस्ने अन्दाजी ४०४२ वर्षीय राज बहादुर गुरुङको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बस चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका ९ बस्ने ४० वर्षीय सूर्यविक्रम विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।