Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

उद्योगको बिजुली काटेपछि निजी क्षेत्रले धारणा सार्वजनिक गर्दै


उद्योगको बिजुली काटेपछि निजी क्षेत्रले धारणा सार्वजनिक गर्दै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चार उद्योगको बिजुली काटेपछि निजी क्षेत्रले आज आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । महासङ्घको आकस्मिक भेलाले आज पत्रकार सम्मेलन गरी निजी क्षेत्रको धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

यो विषयमा महासङ्घले राजनीतिक दल, सरकार र सरोकारवाला निकायसँग पनि छलफल गर्ने भएको छ । प्राधिकरणले शुक्रवार डेडिकेटेड र ट्रंक लाइनको बिजुली बिल नतिरेको भन्दै ४ उद्योगको लाइन काटेको थियो । प्राधिकरणले जगदम्बा स्टिल, घोराही सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको लाइन काटेको हो ।