काठमाडौं । चिनियाँ अटोमोबाईल कम्पनी नेटा अटोले थाईल्यान्डमा २०२४ को न्युइनर्जी भेइकल ब्रान्ड विधामा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । यस्तै ग्लोबल ब्रान्ड सेल्समा पनि तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ । अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिती बलियो बनाउदैँ आएको नेटा ब्रान्डले आगामी वर्षमा अझ आक्रमक रुपमा आफ्नो उपस्थितीलाई बढाउदै विश्व बजारमा राम्रो स्थान प्राप्त गर्न सक्ने अनुमान पनि गरिएको छ ।
नेपालको सन्दर्भमा पनि नेटाको बिक्रि तुलनात्मक रुपमा बढ्दै गैरहेको छ भने नेपालमा नेटा अटोको ब्रान्डहरुलाई थप गर्दै अझ बढी सेवा सुविधाका साथ बिक्रीपछिको बजार र सुबिधालाई विशेष ध्यानमा राखिदै आएको बताइएको छ । नेपालका लागि नेटा ब्राण्डको आधिकारीक वितरक सिजी मोर्टसले नेटाका यी दुबै मोडलका कारहरु नेपालमा पनि बिक्रि वितरण गर्दै आईरहेको छ ।