Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अमेरिकी डलर लगातार बढ्दो


अमेरिकी डलर लगातार बढ्दो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.५४ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४२.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.०२ रुपैयाँमा कारोबार हुनेछ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १६६.८१ रुपैयाँ कायम भएको छ । यस्तै अष्ट्रेलियन डलर एकको खरिद दर ८४.७१ रुपैयाँ र बिक्री दर ८५.०९ रुपैयाँमा तथा क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५६ पैसामा खरिद बिक्री हुनेछ ।

जापनिज येन १० को खरिदमा ९ रुपैयाँ ३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले दक्षिण कोरिया वन १०० को खरिदमा ९ रुपैयाँ ९७ पैसा र बिक्रीदर १० रुपैयाँ २ पैसा मूल्य तोकेको छ । यसै गरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.१७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३३ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.४४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५६ रुपैयाँ कायम भएको छ । कुवेती दिनार १ को खरिद मूल्य ४२७.५३ पैसा बिक्रीदर ४२९.४७ पैसा मूल्य तोकिएको छ ।