Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनसँग सीआईबीले लियो बयान


पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनसँग सीआईबीले लियो बयान

काठमाडौं, भदौ १८। पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बयान लिएको छ। महाराजगञ्जस्थित ब्यूरोमा पुगेर उनले बयान दिएको प्रहरी बतायो । ६० किलो सुन तस्करी प्रकरणमा छानबिनका दायरामा आएका व्यक्तिहरुसँग उठवस देखिएपछि पुनको सीआईबीले बयान लिएको हो ।

३ साउनमा राजश्व अनुसन्धान विभागले सुन लुकाएर ल्याइएको १५५ किलो ब्रेक प्याड बरामद गरेको थियो । १९ दिनपछि यसको अनुसन्धानको सम्पूर्ण जिम्मा सीआईबीले पाएको थियो । त्यसक्रममा यसमा संलग्न ६ विदेशी नागरिक सहित २५ जना पक्राउ परिसकेका छन् । यसमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङको माओवादी नेताहरुसँग सम्पर्क देखिएको छ।

उनले रोल्पाकी माओवादी नेतृ अमला रोकासँग विवाह गरेका छन् । ६० सुनसँग सम्बन्ध देखिएको भेपद्वारा तस्करी भएको ९ किलो सुन प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा अहिले प्रहरी हिरासतमा रहेएका छन्।