Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड


सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा यही असोज ६ गतेदेखि दैनिक नयाँ रेकर्ड बन्दै आएको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।

यसअघिको उच्च मूल्य सोमबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार, गएको आइतबार छापावाल सुन प्रतितोला एक लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।