काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सिमलतालमा पहिरोले बगाएको बसका यात्रुको उद्धारका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । पहिरोमा बगेर बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासनलगायत सरकारका सबै निकायलाई प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन् ।
साथै मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणसम्बन्धी पूर्वतयारी व्यवस्थित तुल्याउन, उद्धार र राहतमा आवश्यक सहकार्य र समन्वयका लागि सङ्घीय, प्रादेशिक र स्थानीय सरकारलाई अपिलसमेत गरेका छन् । नारायणगढ—मुग्लिङ सडकको सिमलतालमा शुक्रबार बिहान साढे तीन बजेतिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।