Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कीर्तिपुर स्थीत दर्शन सहकारीले पहिलो चरणको बचतफिर्ता गर्यो, बचतकर्ता खुशी हुदैँ भनेः माया मारेको रकम पायौं


कीर्तिपुर स्थीत दर्शन सहकारीले पहिलो चरणको बचतफिर्ता गर्यो, बचतकर्ता खुशी हुदैँ भनेः माया मारेको रकम पायौं

काठमाडौं । कीर्तिपुर नगरपालिका स्थीत नगाउँमा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्थाले पहिलो चरणको बचतफिर्ता गरेको छ । बागमती प्रदेश सहकारी रजिष्ट्रार कार्यालयमा सहकारीले बुझाएको बचत फिर्ताको विवरण अनुसार साना बचतकर्ताहरुको रकम फिर्ता गरिएको सहकारीका सिइओ सुवर्ण महर्जनले बताए ।

गत आइतबार शुक्रबारसम्म सहकारीले ५ सयदेखि ५ हजारसम्मका २ हजार ५ सय १० जना बचतकर्ताको ५० प्रतिशतका दरले रकम फिर्ता गरेको सिइओ महर्जनले बताए । केहि बचतकर्ताहरुको बाँकी रहेकाले सो रकम साउनको पहिलो साता वितरण गरिने सिइओ महर्जनको भनाई छ ।

उनले भने, ‘असार मसान्तबाट बचत फिर्ताको योजना बनाएका थियौं, तर बचतकर्ताहरुको आवश्यकताका आधारमा रकम फिर्ता गरेका हौं’। सहकारीले विभिन्न चरणमा बचतफिर्ता गर्दै सुन्यमा ल्याउने तयारी गरेको छ । दर्शन साकोसले साना बचतकर्ताहरुको रकम तीन स्थानबाट फिर्ता गरेको थियो । सहकारीको केन्द्रीय भवन कीर्तिपुर, अनामनगर र खुशिबुँ स्थीत सेवा केन्द्रबाट रकम वितरण गरेको हो । यता, बचतफिर्ताको माग गर्दै विभिन्न संघर्ष समिति बनाई सहकारीका विरुद्धमा आन्दोलन भइरहेका छन् ।

बचतकर्ता कञ्चन महर्जनको नेतृत्वमा बनेको संघर्ष समितिले तत्काल बचत फिर्ताको माग गर्दै विभिन्न चरणमा आन्दोलन गरेको थियो । भने, यता अनामनगरको आदिवासि सेवा केन्द्रका बचतकर्ताहरुले गुनु लामाको संयोजकत्वमा सहकारी पीडित सहजिकरण समिति बनाइँ बचत फिर्ताकालागि विभिन्न चरणमा धर्ना दिइरहेका छन् ।

सहकारी संस्थाका अध्यक्ष दिनेश दर्शनधारीले सञ्चालक समितिको चलअचल सम्पत्ती विक्रि गर्ने र कर्जा फिर्ताबाट प्राप्त हुने रकमले बचत फिर्ता गर्ने योजना अनुरुप नै अघि बढेको बताए । उनले भने, सायद दर्शन साकोस पहिलो सहकारी संस्था होला जसले यस्तो विषम परिस्थीतिमा पनि सम्पुर्ण बचतकर्ताको रकम फिर्ताकालागि सम्बन्धीत निकायमा कार्ययोजना सहित विवरण पेस गरेको छ । सोहि अनुरुप सहकारीले साना बचतकर्ताहरुलाई बचत फिर्तागरि खाता बन्द गरेको उनको भनाई छ । यता, बचतफिर्ता पाएका साना बचतकर्ताले आफुहरुले माया मारेको रकम फिर्ता पाएको बताए । उनिहरुले खुशी व्यक्त गर्दै भने, हामी साना बचत कर्ता हाम्रो बचतको लेखाजोखा नै भएको छैन होला भन्ने लागेको थियो । तर, हामीबाटै बचत फिर्ताको सुरुवात भयो, कर्मचारीले फोनै गरेर बचतफिर्ताकालागि बोलाउनुभयो ।

उनिहरुले निरन्तर सहकारी संस्था सञ्चालन भए थप बचत गर्ने मनसाय बनाएको बताए । तर, अधिकांस सहकारीमा बचत जोखिममा रहेको अबस्थामा दर्शनले बचतफिर्ता गर्दा थप उत्साहित भएको उनिहरुको भनाई छ । उनिहरुले भने,सहकारी विरुद्ध विभिन्न बहनामा आन्दोलन गर्नु भन्दा सहकारी सञ्चालकलाई काम गर्न दिइयो भने, रकम फिर्ता हुने रैछ । हामीले आन्दोलन गरेर होइन नियम अनुसार रकम फिर्ता पायौं हाम्रो सानो रकम पनि सहकारीले पहिलो प्राथमिकता दिएर वितरण गर्यो ।