Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने


साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने भएका छन् । यी दुई लघुवित्तले भदौ १५ गते, शुक्रबार एक आपसमा गाभ्ने गाभिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

मर्जर सम्झौतापश्चात यी दुई लघुवित्तका आधारभुत शेयरधनीहरुको शेयर कारोबार रोक्का रहने भएको छ। साधना लघुवित्त वित्तीय संस्थाको आधारभुत शेयरधनीमा ७ जना रहेका छन् भने सबैको लघुवित्तको आधारभुत शेयरधनीमा २० जना रहेका छन् । यी आधारभुत शेयरधनीहरुको शेयर कारोबार साधारण सभा सम्पन्न नभएसम्मका लागि कारोबार रोक्का रहनेछ ।