Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड र रिचेत जलविद्युत कम्पनीले साढे ३२ करोडको आईपीओ निष्काशन अनुमति


बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड र रिचेत जलविद्युत कम्पनीले   साढे ३२ करोडको आईपीओ निष्काशन अनुमति

काठमाडौं,बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड र रिचेत जलविद्युत कम्पनी लिमिटेडले ३२ करोड ५६ लाख ४५० कित्ता साधारण सेयरको (आइपीओ) निष्काशन गर्ने भएको छ। दुबै कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरमा सर्वसाधारणमा सेयर जारी गर्न पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएका हुन्।

बेनी हाइड्रोपावरले २० करोड ८० लाख रुपैयाँको १०० रुपैयाँ दरका कुल २० लाख ८० हजार कित्ता आइपीओ निष्काशनको माग गर्दै असोज ५ गते शुक्रबार निवेदन दिएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली तथा दोस्रो चरणमा सर्वसाधारणका लागि उक्त संख्यामा सेयर बिक्री गर्न लागेको हो ।

बेनी हाइड्रोपावरको आइपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड बालुवाटार रहेको छ। यसैगरी रिचेत जलविद्युत कम्पनीले पनि ११ करोड ७६ लाख ४५ हजार रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्न भदौ २९ गते शुक्रबार सेबोनमा निवेदन दिएको छ । कम्पनीले कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरमा कुल ११ लाख ७६ हजा ४५० कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ ।