Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

अब सहकारी संस्थाले सम्पत्ति धितो राखे,राष्ट्र बैंकबाट छोटो अवधिको पुनर्कर्जा पाउने,सत्तारुढको साझा संकल्पमा घोषणा


अब सहकारी संस्थाले सम्पत्ति धितो राखे,राष्ट्र बैंकबाट छोटो अवधिको पुनर्कर्जा पाउने,सत्तारुढको साझा संकल्पमा घोषणा

काठमाडौं । नयाँ सत्तासमीकरण बनेसँगै सहकारी संस्थाहरुलाई राहत हुने देखिएको छ । पछिल्लो समय सहकारी संस्थाहरुमा देखिएको चरम आर्थिक संकटलाई टार्न नयाँ सत्तासमीकरणले पुनर्कर्जाको व्यवस्था गर्ने भएको छ । सत्ता गठबन्धनले बचत तथा ऋण सहकारी संस्थाका नाममा रहेका सम्पत्ति धितोमा राखि नेपाल राष्ट्र बैंकबाट छोटो अवधिको पुनर्कर्जा उपलब्ध गराउने घोषणा गरेको छ ।

‘ठूलो कारोबार गर्ने सहकारीलाई केही समय राष्ट्र बैंकको नियमन र सुपरीवेक्षणमा राख्न कानुनी प्रबन्ध गर्नेछौं,’ सत्ता गठबन्धनमा आबद्ध पाँच राजनीतिक दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमा भनिएको छ, ‘बचत तथा ऋण सहकारी संस्थाको नाममा रहेका सम्पत्तिको धितोमा नेपाल राष्ट्र बैंकबाट छोटो अवधिको पुनर्कर्जा उपलबध गराउने छौं ।’

त्यस्तै लघुवित्तका ऋणीहरूको कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना व्यवस्था गर्ने घोषणा पनि गरेको छ । मंगलबार सत्ता गठबन्धनमा पाँच राजनीतिक दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन् ।

वित्तीय संस्थाहरूमा उत्पन्न समस्या समाधान गर्न विभिन्न समयमा गठित आयोगका सुझाव क्रमशः कार्यान्वयन गर्दै सहकारी, लघुवित्त संस्था एवं अनुचित लेनदेन सम्बन्धी समस्या समाधान गर्ने सत्ता गठबन्धनको प्राथमिकता हुने घोषणा गरेको हो ।

सहकारी कर्जा असुली न्यायाधीकरण गठन गर्ने र सहकारी बचत तथा कर्जा सुरक्षण कोष सुरुवात गर्ने घोषणा सत्ता गठबन्धनले गरेको छ । यस्तै हाललाई बचत तथा ऋण कारोबार गर्ने संस्थाको दर्ता र कार्यक्षेत्र विस्तार अनुमति तथा सेवा केन्द्र स्वीकृति बन्द गर्ने घोषणा गरेको हो ।