काठमाडौं । संघीय संसद प्रतिनिधिसभा अन्र्तगतका दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल हुनेछ ।
साथै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि उपसमितिको प्रतिवेदनसहित छलफल हुनेछ । त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे विज्ञहरूसँग छलफल हुनेछ ।